एजेन्सी । प्रिमियर लिगको म्यान्चेष्टर डर्बी बराबरीमा सकिएको छ ।
शनिबार राति युनाईटेडको घरेलु मैदानमा दुवै टिमले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
डर्बी खेल बराबरीमा सकिएसंगै युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायर खुसी देखिए । उनले युनाईटेडले अहिलेसम्मकै राम्रो प्रर्दशन गरेको बताए ।
युनाईटेडले दर्शक विहिन ओल्डट्राफोर्डमा सिटीलाई आतिथ्यता प्रदान गरेको थियो ।
युनाईटेडका गोलकिपर डेभिड डी जियाले पहिलो हाफमा ग्याब्रियल जिसस र रियाद महरेजको प्रहारलाई असफल बनाएका थिए ।
गत सिजनका ४ भेटमा युनाईटेड भने सिटीसंग ३ खेलमा पराजित बनेको थियो ।

दोस्रो हाफमा युनाईटेडले पेनाल्टीको माग गरेको थियो । काइल वाल्करले मार्कुस रासफोर्डलाई लडाएपछि युनाईटेडले पेनाल्टीको अपिल गरेको थियो ।
तर रेफ्रीले भारमार्फत हेर्दा अफसाईड दिएका थिए ।
बराबरीको नतिजाबाट दुवै टिम असन्तुष्ट रहे । युनाईटेड २० अंक सहित आठौंं र सिटी १९ अंक सहित नवौं स्थानमा छ ।