एजेन्सी । प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले उल्भ्सलाई हराएको छ ।
शनिबार राति तनावपूर्ण खेलमा एस्टन भिल्लाले उल्भ्सलाई १–० ले हराएको हो ।
खेलको अन्तिम समयमा एस्टन भिल्लाले घरेलु टोलीविरुद्ध गोल गर्न सफल रह्यो ।
दोस्रो हाफको ईन्जुरी समयमा एल गाजीले पाहुना टोलीका लागि विजयी गोल गरेका थिए ।
खेल सकिन ५ मिनेट अघि ड्युगलस लुईज रातो कार्ड खादै मैदान बाहिरिएपछि एस्टन भिल्ला १० खेलाडीमा सिमित बनेको थियो ।

तर ईन्जुरी समयमा उल्भ्सका जोओ माउटिन्हो रातो कार्ड खादै मैदान छाडेका थिए ।
प्राप्त पेनाल्टीमा गोल गर्दै एस्टन भिल्लाले तालिकामा सुधार गरेको छ ।
१८ वर्षिया युवा स्टार फाबियो सिल्भाले उल्भ्सको प्लेईङ सेटमा रहेर खेलको सुरुवात गरेका थिए ।
भिल्लाका १९ वर्षिया मिडफिल्डर जाकोब राम्सीले समेत प्रिमियर लिगमा पहिलो पटक प्लेईङ सेटबाट खेलकाे सुरूवात गरेका थिए ।
जित सहित एस्टन भिल्ला १९ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ । उल्भ्स १८ अंक सहित दशौं स्थानमा झरेको छ ।