लिड्सलाई हराउँदै वेस्ट ह्याम शीर्ष ५ मा
शनिबार, २७ मंसिर २०७७खेलपाटी संवाददाता

एजेन्सी । लिड्न युनाईटेडलाई हराउँदै वेस्ट ह्याम युनाईटेड प्रिमियर लिग तालिकाको शीर्ष ५ मा उक्लिएको छ ।
शुक्रबार भएको खेलमा वेस्ट ह्यामले लिड्समाथि २–१ को पुनरागमन जित निकाल्यो ।
खेलमा अग्रता घरेलु टोली लिड्सले छैटौं मिनेटमा माटुस क्लचको गोलबाट लिएको थियो ।
२५ औ मिनेटमा टोमस सुसेकले पाहुना टोलीका लागि बराबरी गोल फर्काए । खेल सकिन १० मिनेट बाँकी छदाँ एन्जेलो ओगबोनाले वेस्ट ह्यामका विजयी गोल गरे ।

वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोयसले भिडियो सहायक रेफ्रीको निर्णयको आलोचना गरे ।
वेस्ट ह्याम २० अंक सहित तालिकाको पाँचौ स्थानमा रह्यो । लिड्स १४ अंक सहित तालिकाको १४ औं स्थानमा झर्यो ।








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

