एजेन्सी । मोहमद सलाहाले च्याम्पियन्स लिगमा लिभरपुलका लागि कीर्तिमानी गोल गरेको खेलमा एनफिल्ड क्लबले बराबरी खेल्दै अंक बाँडेको छ ।
बुधबार राति समूह डीको खेलमा लिभरपुलले डच क्लब एफसी मिडजिल्याण्डसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
सलाहाले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
उनी च्याम्पियन्स लिगमा लिभरपुलबाट सर्वाधिक गोल गर्ने खेलाडी बने । ६२ औं मिनेटमा घरेलु टोलीका स्कुलेजले बराबरी गोल फर्काएका थिए ।

लिभरपुल समूह विजेताको रुपमा खेल अघिनै नकआउट चरण पुगिसकेको थियो ।
सलाहाले च्याम्पियन्स लिगमा २२ औं गोल पुरा गरे । उनले क्लबका लिजेण्ड स्टेभन जेरार्डको कीर्तिमान पार गरे ।
सोही समूहको अर्को खेलमा एटलान्टाले डच क्लब अजाक्सलाई १–० ले पराजित गर्यो ।

लिभरपुल १३ अंक सहित समूह विजेता बन्यो । एटलान्टा ११ अंक जाड्दै समूह उपविजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो ।
नेदरल्याण्डको अजाक्स ७ र मिडजिल्याण्ड २ अंक सहित प्रतियोगिताबाट बाहिरिए ।