एजेन्सी । करिम बेन्जिमाको दुई गोलको सहयोगमा रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
बुधबार राति घरेलु मैदानमा रियलले बोरुसिया मोन्चेनग्लाडवाचलाई २–० गोल अन्तरले हराएको हो ।
समूह बीबाट नकआउट चरणमा पुग्न रियललाई खेल जित्नैपर्ने दबाब थियो ।
खेलको नवौं मिनेटमा रियललाई अग्रता दिलाएका बेन्जिमाले ३१ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए । दुवै गोल हेडमार्फत सम्भव भएका थिए ।
ईन्टर मिलान र शख्तर डोनेस्कले गोल रहित बराबरी खेल्दै अंक बाँडे अघिल्लो चरण पुग्न दुवै टोलीलाई जितको आवश्यक थियो । अंक बाँडेसंगै दुवै टिम प्रतियोगिताबाट बाहिरिएका छन् ।
बेन्जिमाको गोलमा लुकास भाजक्वेज र रोड्रिगोले क्रस उपलब्ध गराएका थिए । जर्मन क्लबले एक प्रहारमात्र पोस्ट लक्षित गरेको थियो ।
रियलले ठुलो अन्तरले खेल जित्ने सम्भावना रहेको थियो । तर लुका मोड्रिचको गोललाई रेफ्रीले मान्यता दिएका थिएनन् ।
रियल मड्रिड च्याम्पियन्स लिगका सबै संस्करणमा नकआउट चरण पुग्न सफल भएको छ । जिनेदिन जिदानले पछिल्ला ७ मध्य ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
ईन्टर च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो । ईन्टर तेस्रो पटक लगातार नकआउट चरण पुग्न सफल भएको छ । ईन्टरले युक्रेनी क्लबबिरुद्ध २० प्रहार गरेको थियो । तर कुनैपनि प्रहार गोलमा परिणत हुन सकेन् । शख्तरले समूह चरणको दुवै खेलमा रियल मड्रिडलाई पराजित गरेको थियो ।
रियल १० अंक सहित समूह विजेतको रुपमा नकआउट चरण पुग्यो । मोन्चेनग्लाडवाच समेत ८ अंक सहित अन्तिम १६ मा पुग्यो । शख्तर ८ र ईन्टर ६ अंक सहित नकआउट चरणबाट बाहिरिए ।