एजेन्सी । रोमेलु लुकाकुको गोलले निरन्तरता पाएपछि इन्टर मिलानले सिरि ए फुटबलमा बोलोग्नालाई २–१ ले हराएको छ ।
जितसंगै इन्टर मिलानले लिगको शीर्ष दाैडलाई कायमै राखेको छ ।
लुकाकुले दोस्रो प्रयासमा गोल गर्न सफल भएका थिए । उनले इन्टर र बेल्जियमका लागि पछिल्ला १८ खेलमा १७ गोल गरेका छन् ।
अचराफ हकीमीले इन्टरका लागि थप दुई गोल गरे । इम्यानुयल भिग्नाटोले बोलोग्नाबाट एक गोल फर्काएका थिए ।
तर हामिकीको दुई गोलले एन्टोनियो कोन्टेको टिमलाई सहज जित दिलायो ।

जितले इन्टर मिलानलाई साविक विजेता युभेन्ट्ससंग ३ अंकको अग्रता दिएको छ ।
लिगकाे दाेस्राे स्थानकाे इन्टरकाे २१ अंक भएकाे छ । बोलोग्ना १२ अंक सहित दशौं स्थानमा छ ।