एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सेभियाको मैदानमा रियलले आत्मघाती गोलबाट जित निकालेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, खेलको ५६ औं मिनेटमा सेभियाका गोलकिपर यासिन बाउनुले आत्मघाती गोल गरे ।
रियलका मेन्डीको क्रस बल भिनियस जुनियरले टच गरेपछि यासिनलाई लाग्दै गोलमा परिणत भएको थियो ।
त्यहिँ गोल रियलको जितमा निर्णायक बन्यो ।

जितसँगै रियलले ११ खेलमा २० अंक जोडेको छ ।
रियल लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ ।
पराजित सेभिया १६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।
