शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. बन्द प्रशिक्षणमा १२ नयाँ खेलाडी

बन्द प्रशिक्षणमा १२ नयाँ खेलाडी

२०२० डिसेम्बर ३, बिहिबारनमीन ढकाल

बन्द प्रशिक्षणमा १२ नयाँ खेलाडी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका लागि प्रारम्भिक चरणमा ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

फिफा विश्वकप र एसियन कप छनोट अन्तर्गत बाँकी रहेको ३ खेलका लागि एन्फाले बुधबार ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

छनोटको समूह 'बी' मा रहेको नेपालले घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।

सोहि खेलका लागि कार्यकारी प्रशिक्षक बाल गोपाल महर्जनले ठुलो संख्यामा खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

प्रारम्भिक चरणमा ७ गोलकिपर, १८ डिफेन्डर, २० मिडफिल्डर र १३ फरवार्ड टिममा परेका छन् ।

महर्जनले बोलाएको टिममा लामो समय टिम बाहिर रहेका कप्तान विराज महर्जन, स्ट्राइकर विमल घर्ति मगर, मिडफिल्डर सन्तोष तामाङ, डिफेन्डर  दिनेश राजवंशी र आदित्य चौधरी परेका छन् ।

यस्तै प्रशिक्षक महर्जनले यस पटक १२ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा मौका दिएका छन् ।

गत सहिद स्मारक 'ए' डिभिजन लिग खेलेका १२ युवा खेलाडीलाई प्रशिक्षक महर्जनले पहिलो पटक बन्द प्रशिक्षणका लागि मौका दिएका हुन् ।

नयाँ खेलाडीमध्ये ५ जनले यू-१९ एएफसी कप छनोट खेलिसकेका छन् । यस्तै नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा टिममा रहेका ५ खेलाडी छन् ।

नेपालले आगामी जुन सम्म दशरथ रंगशालामा एसियाली पावर हाउस अष्टे«लिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ । यस्तै एन्फाले सो खेल अघि अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलको प्रयास गर्नेछ ।

प्रशिक्षक महर्जनले पहिलो पटक मछिन्द्रका स्ट्राइरक रेजिन सुब्बा, थ्री स्टारका डिफेन्डर निशान खड्का, एनआरटीबाट राजेश परियार र अशोक थापालाई मौका दिएका छन् ।

त्यस्तै व्रिगेड ब्वाईजका विशाल सुनार, रन्दिप पौडेल, रजत तिवारी, जयाँ गुरुङ, फ्रेन्ड्सका देव लिम्बु, प्रिजेन तामाङ, संकटाका दिपेश आले र एपीएफका राजिव लोप्चाङले
बन्द प्रशिक्षणमा पहिलो पटक स्थान बनाएका छन् ।

बन्द प्रशिक्षणमा पहिलो पटक स्थान बनाएका १२ खेलाडी कस्ता छन् ? उनीहरुबारे चर्चा तल गरिएको छ ।

रेजिन सुब्बा -

एन्फा एकेडेमीबाट उत्पादित रेजिन गत लिगमा मछिन्द्र क्लबको प्रतिनिधित्व गर्दै लिगको उपाधि हात पार्न सफल भएका थिए । त्यस क्रममा उनले २ गोल गरेका थिए । नेपाल पुलिस क्लबबाट व्यवसायिक फुटबलको सुरुवात गरेका रेजिनले नेपालको यू-१९ साफ च्याम्पियनसिप र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उपाधि समेत हात पारिसकेका छन् । उमेर समूहमा समेत उनले विभिन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।


निशान खड्का -

गत लिगमा निशान थ्री स्टार क्लबका महत्वपूर्ण खेलाडी रहे । टिममा ठुला खेलाडीले क्लबलाई साथ छोड्दा उनि क्लबका लागि बरदान सावित भए । उनको उत्कृष्ट प्रदर्शनले क्लबले लिगमा चौथो स्थानमा रह्यो भने मोफसलमा केहि उपाधि समेत हात पार्याे । निशान यस अघि च्यासल युथ क्लबमा अनुबन्धित थिए ।


राजेश परियार -

एनआरटी क्लबका स्ट्राइकर राजेश पहिलो पटक राष्ट्रिय टिमको क्लोज क्याम्पमा स्थान बनाएका हुन् । एन्फा एकेडेमीका यी खेलाडीले हालै भारतीय आईलिग छनोट अन्तर्गत एआरए एफसीको प्रतिनिधित्व गरेका थिए । नेपाललाई यू–१८ साफ च्याम्पियनसिप र १३ औं सागको उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका राजेशले उमेर समूहको अन्य प्रतियोगितामा समेत भाग लिएका छन् ।

Image may contain: 2 people, child, outdoor and nature

अशोक थापा -

एन्फाले बोलाएको ५८ खेलाडीको सूची मध्ये गुमनाम रहेका खेलाडी हुन् पश्चिम बुटवलका अशोक थापा । एनआरटी क्लबका डिफेन्डर अशोक नेपालले भुटानमा दोस्रो पटक साफ यू–१८ को उपाधि हात पार्दाका खेलाडी हुन् । उनकै ब्याजका खेलाडीले १३ औं सागको उपाधि र राष्ट्रिय टिममा स्थान बनाईसक्दा उनि पहिलो पटक क्याम्पमा डाकिएका हुन् ।

विशाल सुनार -

पछिल्लो एन्फा ब्याजबाट उत्पादित गोलरक्षक हुन् विशाल सुनार । पहिलो पटक राष्ट्रिय टिमको क्लोज क्याम्पमा स्थान बनाएका बिशालले यस अघि नेपालमै भएको यू–१८ साफ च्याम्पियनसिप प्रतियोगिता र यू–१९ एएफसी छनोटमा नेपालको प्रतिनिधित्व गरेका थिए । दुई पटक ब्रिगेड ब्वाईज क्लबलाई यू–१८ ललित स्मृतिको उपाधि दिलाएका उनले यस सिजन लिगमा बीबीसीकै गोलपोष्ट सम्हालेका थिए ।

 

रन्दिप पौडेल -

पोखराका यी डिफेन्डर पहिलो पटक राष्ट्रिय टिमको क्लोज क्याममा बोलाइएका हुन् । गत लिगमा ब्रिगेड ब्वाईज क्लब (बिबिसी) को डिफेन्स लाईन समालेका रन्दिप एन्फा उत्पादित खेलाडी हुन् । उनले उमेर समूहमा यू–१८ साफ च्याम्पियनसिप प्रतियोगिता र यू–१९ एएफसी छनोट प्रतियोगितामामा सहित विभिन्न समूहका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका छन् ।


रजत तिवारी -

हाल बोलाईएका ५८ खेलाडीमा अर्काे नयाँ अनुहार हो रजत तिवारी । फुटबल समर्थक माझ त्यति परिचित नरहेका उनि ब्रिगेड ब्वाईज क्लबकै मिडफिल्डर हुन् । उनले गत दुई सिजनको लिगमा ब्रिगेड ब्वाईज क्लबको प्रतिनिधित्व गरेका थिए । भोजपुर निवासी रजत उमेर समूहमा समेत बिबिसीलाई ललित स्मृति कपको उपाधि दिलाएका थिए ।

Image may contain: 1 person, smiling, standing


जया गुरुङ-

पहिलो पटक राष्ट्रिय टिमको क्लोज क्याम्पमा स्थान बनाएका जया एन्फा एकेडेमी उत्पादित हुन् । उनको कप्तानीमा नेपालले साफ यू–१८ प्रतियोगिता र यू–१९ एएफसी छनोट खेलेको थियो । दुई सिजन बिबिसीलाई आफ्नो कप्तानीमा ललित स्मृति यू–१८ को उपाधि दिलाएका जयाले व्यवसायिक फुटबलको सुरुवात पनि बिबिसीबाट नै गरेका हुन् ।

No description available.


दिपेश आले मगर -

संकटा क्लबका मिडफिल्डर दिपेश आले मगर पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षणमा सामेल भएका हुन् । व्यवसायिक फुटबलमा संकटा क्लबका लागि स्थान बनाएका उनले दुई सिजन यसै क्लबका बिताईसकेका छन् । दिपेशले यू–१८ ललित स्मृति आर्मी र संकटाबाट खेलेका थिए । नेपालले साफल यू–१८ को उपाधि भुटानमा हात पार्दा दिपेश टोलीका मुख्य खेलाडी थिए ।

No description available.


देब लिम्बु -

कुपन्डोलको फ्रेन्ड्स क्लबमा आवद्ध देब पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षणमा स्थान बनाएका हुन् । झापाका यी खेलाडीले गत सिजन फ्रेन्ड्स क्लबको गोलपोष्ट समाल्ने अवसर पाएका छन् ।

No description available.


प्रिजेन तामाङ -

स्ट्राइकर प्रिजेन एन्फा एकेडेमी उत्पादित खेलाडी हुन् । उनको महत्वपूर्ण प्रदर्शनमा नेपालले यू–१८ साफ च्याम्पियनसिप र १३ औं दक्षिण एसियाली प्रतियोगिता सागको उपाधि जितेको थियो । उमेर समूहमा भने उनले आर्मी क्लब र पुलिस क्लबबाट ललित स्मृति कप खेलेका थिए । व्यवसायिक फुटबलमा फ्रेन्ड्स क्लबको प्रतिनिधित्व गरेका प्रिजेन पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षणमा स्थान बनाएका हुन् ।

No description available.

 

राजिव लोप्चाङ -

राजिव पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षणमा स्थान बनाएका हुन् । यस अघि नेपाललाई यू–१८ साफ च्याम्पियनसिप र १३ औं सागको उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका राजिव व्यवसायिक फुटबलको लागि एपीएफ क्लबसँग आवद्ध छन् । एन्फा एकेडेमीको उत्पादन राजिबले उमेर समूहको विभिन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

No description available.

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

Bhat Bhateni
साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ