काठमाडौं । धनगढीमा भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
मनकामना युवा क्लबको आयोजनामा हुने प्रतियोगिता मंसिर २० गतेबाट सुरु हुनेछ ।
कोरोना भाइरसको महामारीका बाबजुद पनि सरकारले तोकेको मापदण्डको पालना गर्दै क्लबले खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा ३५ वर्ष उमेर समूहका खेलाडीहरुले मात्रै भाग लिन पाउँने छन् ।
प्रतियोगितामा दुई जिल्ला कैलाली र कञ्चनपुरका १० वटा टिमको सहभागिता रहेको क्लबका अध्यक्ष डबल बहादुर थापाले जानकारी गराए ।
प्रतियोगितामा कैलारी गाउँपालिका, कञ्चनपुर भेटन ११, बोराडाडि युवा क्लब, लालझाडी युवा क्लब, धनगढी युवा क्लब, रोयल गोर्खा महेन्द्रनगर, स्टारसिटी युथ क्लब, वि वाई सि अत्तरिया र आयोजक टिम मनकामना युवा क्लबको ए र बी टीको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजार प्राप्त गर्ने छन् ।