शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. मछिन्द्र र आर्मीका खेलाडीको वर्चश्व !

मछिन्द्र र आर्मीका खेलाडीको वर्चश्व !

२०२० डिसेम्बर २, बुधबारखेलपाटी संवाददाता

मछिन्द्र र आर्मीका खेलाडीको वर्चश्व !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका लागि प्रारम्भिक चरणमा ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

फिफा विश्वकप र एसियन कप छनोट अन्तर्गत बाँकी रहेको ३ खेलका लागि एन्फाले बुधबार ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

छनोटको समूह 'बी' मा रहेको नेपालले घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।

सोहि खेलका लागि कार्यकारी प्रशिक्षक बाल गोपाल महर्जनले ठुलो संख्यामा खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

महर्जनले बोलाएको टिममा लामो समय टिम बाहिर रहेका कप्तान विराज महर्जन, स्ट्राइकर विमल घर्ति मगर, मिडफिल्डर सन्तोष तामाङ, डिफेन्डर  दिनेश राजवंशी र आदित्य चौधरी परेका छन् ।

प्रारम्भिक चरणमा ७ गोलकिपर, १८ डिफेन्डर, २० मिडफिल्डर र १३ फरवार्ड टिममा परेका छन् ।

यस्तै यस पटक 'ए' डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने १३ वटै क्लबका खेलाडी बन्द प्रशिक्षणका लागि डाकिएको टिममा अटाएका छन् ।

'बी' डिभिजन घटुवा भएको सरस्वती क्लब बाहेक अन्य क्लबका खेलाडीले प्रारम्भिक चरणमा स्थान बनाएका छन् ।

जसमा सर्वाधिक लिग विजेता मछिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मीबाट ९–९ खेलाडी रहेका छन् ।

लिगमा तेस्रो स्थान हात पारेको मनाङ मर्स्याङ्दीबाट ६ खेलाडी रहँदा च्यासल युथबाट ५ खेलाडीले स्थान बनाए ।

यस्तै थ्री स्टार, न्युरोड टिम एन आर टी, ब्रिगेड ब्वाईज र संकटाबाट समान ४ खेलाडी रहँदा पुलिसबाट ३ खेलाडीले स्थान बनाए ।

फ्रेन्ड्स, हिमालयन शेर्पा र एपीएफका २–२ खेलाडीले स्थान बनाउँदा जावलाखेलका एक खेलाडीले प्रारम्भिक चरणमा स्थान बनाएका छन् ।

नेपाल बाहिरको लिग खेल्दै आएका कार्यकारी कप्तान तथा गोलकिपर किरण चेम्जोङ, अर्का गोलकिपर अर्पण कार्की र डिफेन्डर रोहित चन्दले पनि प्रारम्भिक चरणको टिममा स्थान बनाएका छन् ।

कुन क्लबका कुन खेलाडी ?

मछिन्द्र - विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, विराज महर्जन, रजिन धिमाल, सुजल श्रेष्ठ, विशाल राई, बिमल घर्ति मगर, रेजिन सुब्बा, अभिषेक रिजाल,

आर्मी - विकेश कुथु, विकास खवास, सुमन अर्याल, विकास तामाङ, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, जर्ज प्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ,

मनाङ - दीप कार्की, आदित्य चौधरी, सुरज विक, पुजन उपरकोटी, विमल राना, अन्जन विष्ट

च्यासल युथ - छिरिङ गुरुङ, दिनेश राजवंशी, हेमन्त थापामगर, नितिन थापा, सुनिल बल

थ्री स्टार - अनन्त तामाङ, निशान खड्का, मिक्छेन तामाङ, संजोक राई

एन आर टी - एरिक विष्ट, दर्शन गुरुङ, राजेश परियार, अशोक थापा

ब्रिगेड ब्वाईज  - विशाल सुनार, रन्दिप पौडेल, रजत तिवारी, जय गुरुङ,

संकटा - सरोज दाहाल, अमित तामाङ, सुभाष गुरुङ, दिपेश आलेमगर,

पुलिस - अजित भण्डारी, तेज तामाङ, रवी पासवान,

फ्रेन्ड्स क्लब - देव लिम्बु, प्रिजेन तामाङ

एपीएफ - राजीव लोप्चन, आशिष लामा,

हिमालयन शेर्पा - त्रिदेभ गुरुङ, आशिष गुरुङ,

जावलाखेल - दिलेन लोक्तान

नेपाल बाहिर - किरण कुमार लिम्बु ( पंजाव एफसी, भारत), अर्पण कार्की (माल्दिभ्स, जे जे स्पोर्टस्), रोहित चन्द (इन्डोनेशिया, पर्सिजा जाकर्ता)

 

नोट - यस तथ्यांक गत सिजनको लिग अनुसार गरिएको हो ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

Bhat Bhateni
साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ