एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज स्पेनिस क्लब रियल मड्रिडले शाख्तर डोनेस्कसँग प्रतिस्पर्धा गर्दैछ ।
रियलले युक्रेनी क्लबविरुद्ध उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ११:४० बजे सुरु हुनेछ ।
शाख्तरविरुद्ध मैदान उत्रदा रियल सहज जितको खोजीमा हुनेछ ।
रियल युक्रेनी क्लबलाई हराएर नकआउट चरणको नजिक पुग्न चाहन्छ ।
समूह 'बी' मा रहेको रियल ४ खेलमा ७ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ ।
शाख्तर ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
घरेलु टिम पनि रियललाई हराएर नकआउट पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
यसै समूहको अर्को खेलमा इन्टर मिलानले बोरुसिया मुन्छेनग्लाडबाखसँग खेल्नेछ ।
यस समूहमा मुन्छेनग्लाडबाख ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
इन्टरलाई हराएर मुन्छेनग्लाडबाख नकआउट चरणमा पुग्न चाहन्छ ।
इन्टर २ अंक जोडेर पुछारमा रहेको छ ।
इन्टर पनि जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।