एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा सोसिडाड भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
सोसिडाडको मैदानमा जेरार्ड मोरेनोले छैटौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३३ औं मिनेटमा मिकेल ओयार्जाबलले पेनाल्टीमा गोल गर्दै सोसिडाडलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

बराबरीसँगै सोसिडाडले ११ खेलमा २४ अंक जोडेको छ ।
सोसिडाड शीर्ष स्थानमा यथावत रहेको छ ।
भिल्ला २० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
ला लिगाकै अर्को खेलमा सेल्टा भिगोले ग्रानडालाई ३-१ ले हराएको छ ।