एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल घरेलु मैदानमै पराजित भएको छ ।
आइतबार राति भएको खेलमा आर्सनल उल्भ्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।
इमिरेट्स स्टेडियममा उल्भ्सलाई जित दिलाउन पेड्रो नेटो र डानिएल पोडेन्सले एक एक गोल गरे ।
आर्सनलका गाब्रिएलले एक गोल फर्काए ।

खेलको २७ औं मिनेटमा पेड्रोले गोल गर्दै उल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ३० औं मिनेटमा गाब्रिएलले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।
तर, खेलको ४२ औं मिनेटमा डानिएलले गोल गर्दै उल्भ्सलाई २-१ को जित दिलाए ।
आर्सनलविरुद्ध जित निकालेको खेलमा उल्भ्सका फरवार्ड राउल जेमिनेज भने घाइते भए ।
कर्नर बलमा हेड गर्ने क्रममा उनी आर्सनलका डेभिड लुइजसँग जुध्न पुगेका थिए ।
उनी १५ औं मिनेटमा स्ट्रेचरको सहायताबाट मैदानबाट बाहिरिएका थिए । उनलाई अस्पताल लगिएको थियो ।
जितसँगै उल्भ्स लिगको छैटौं स्थानमा उक्लिएको छ ।
उल्भ्सले १० खेलमा १७ अंक जोडेको छ ।
आर्सनल १४ औं स्थानमा रहेको छ । आर्सनलको १३ अंक रहेको छ ।
