एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा बोर्डुअक्ससँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
रोमान्चक बनेको खेलमा टिमोथी पेम्बेलेको आत्मघाती गोलबाट बोर्डुअक्सले १० औं मिनेटमा अग्रता बनाएको थियो ।
तर, २७ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको २८ औं मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ६० औं मिनेटमा यासिन एड्लीले गोल गर्दै बोर्डुअक्सलाई २-२ गोलको बराबरी ल्याउदै टोलीलाई हारबाट जोगाए ।
बोर्डुअक्ससँग बराबरीमा रोकिएपनि पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।
पीएसजीले १२ खेलमा २५ अंक जोडेको छ ।
बोर्डुअक्स १६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।