एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
भ्यालेन्सियाको मैदानमा एट्लेटिकोले आत्मघाती गोलबाट जित निकालेको हो ।
खेलको ७९ औं मिनेटमा भ्यालेन्सियाका टोनी लाटोले आत्मघाती गोल गरेका थिए ।

एट्लेटिकोको जितमा उनको आत्मघाती गोल नै निर्णायक बन्यो ।
जितसँगै दोस्रो स्थानको एट्लेटिकोले ९ खेलमा २३ अंक जोडेको छ ।
एट्लेटिको तालिकाको दोस्रो स्थानमा रहेको छ ।
भ्यालेन्सिया १२ अंक जोडेर तालिकाको १० औं स्थानमा रहेको छ ।
अर्को खेलमा काडिज र इल्चेले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।