एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा उपाधि दाबेदार क्लब बोरुसिया डर्टमण्ड पराजित भएको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्ड एफसी कोल्नसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
डर्टमण्ड घरेलु मैदानमै कोल्नसँग पराजित भएको हो । कोल्नको जितमा एलिस स्खेरीले दुई गोल गरे ।
डर्टमण्डका थोर्गन हाजार्डले एक गोल फर्काए ।
खेलको नवौं मिनेटमा एलिसले गोल गर्दै कोल्नलाई अग्रता दिलाएका थिए ।

६० औं मिनेटमा एलिसले व्यक्तिगत दोस्रो गोल गर्दै कोल्नलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा हाजार्डले एक गोल फर्काए पनि डर्टमण्ड २-१ ले पराजित भयो ।
यो हारसँगै तेस्रो स्थानको डर्टमण्डले ९ खेलमा १८ अंक जोडेको छ ।
कोल्न ६ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
अर्को खेलमा आरबी लाइपजिगले अर्मिनियालाई २-१ ले हराएको छ ।
जितसँगै लाइजजिगले २० अंक जोडेको छ । लाइपजिग तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ ।