एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले स्टुटगार्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
स्टुटगार्डको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर बायर्नले जित निकालेको हो ।
खेलको २० औं मिनेटमा टानगुए काउलीबलीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, ३८ औं मिनेटमा किंग्सले कोम्यानले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ४५ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा डुग्लास कोष्टाले गोल गर्दै बायर्नलाई ३-१ को जित दिलाए ।
जितसँगै लिग लिडर बायर्नले ९ खेलमा २२ अंक जोडेको छ ।
स्टुटगार्ड ११ अंक जोडेर लिगको १० औं स्थानमा रहेको छ ।
