एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले सासुओलोलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
सासुओलोको मैदानमा इन्टरलाई जित दिलाउन एलेक्सिस सान्चेज र रोबर्टो गाग्लियार्डिनीले एक एक गोल गरे । इन्टरले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको चौंथो मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

खेलको १४ औं मिनेटमा घरेलु टोलीका भ्लाद चिरिसेसले आत्मघाती गोल गर्दा इन्टर २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ६० औं मिनेटमा रोबर्टोले गोल गर्दै इन्टरलाई ३-० को सहज जित दिलाए ।
जितसँगै इन्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
इन्टरले ९ खेलमा १८ अंक जोडेको छ ।
सासुओलोको भने अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
सासुओलोले ९ खेलमा १८ अंक नै जोडेको छ । सासुओलो तेस्रो स्थानमा रहेको छ ।
