एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा आज साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बोर्डुअक्ससँग प्रतिस्पर्धा गर्दैछ ।
पीएसजीले घरेलु मैदानमा बोर्डुअक्सको सामना गर्नेछ । पीएसजी र बोर्डुअक्सबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा पीएसजी सहज जित निकाल्ने लक्ष्यमा हुनेछ ।
तुलनात्मक कमजोर टिमविरुद्ध पीएसजी जित निकाल्दै शीर्ष स्थानको अग्रता यथावत राख्न चाहन्छ ।
पीएसजी ११ खेलमा २४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
बोर्डुअक्स १५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
बोर्डुअक्स पनि पीएसजीलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ ।
फ्रेन्च लिग अन्तर्गत नै आज मार्सेलीले नान्टेससँग खेल्नेछ ।