एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले आज बेनेभेन्टोसँग प्रतिस्पर्धा गर्दैछ ।
साविक विजेता समेत रहेको युभेन्ट्सले बेनेभेन्टोसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार १०:४५ बजे सुरु हुनेछ ।
बेनेभेन्टोविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जित निकाल्ने योजनामा हुनेछ ।
युभेन्ट्स घरेलु टोलीलाई हराएर तालिकाको शीर्ष दुईमा उक्लन चाहन्छ ।
युभेन्ट्स ८ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ । बेनेभेन्टोको मैदानमा जित निकालेमा युभेन्ट्स शीर्ष दुईमा उक्लने छ ।
बेनेभेन्टो ९ अंक जोडेर १४ औं स्थानमा रहेको छ । युभेन्ट्सलाई हराएर बेनेभेन्टो अंक तालिका सुधार गर्न चाहन्छ ।
यस्तै इन्टर मिलानले सासोउलोसँग खेल्नेछ । पाँचौं स्थानको इन्टर जित निकाल्दै शीर्ष तीनमा उक्लने योजनामा हुनेछ ।
यस्तै अर्को खेलमा एटलान्टाले हेलास भेरोनासँग खेल्ने तालिका रहेको छ ।