एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज विभिन्न ६ खेलहरु हुँदैछ ।
बुन्डेसलिगामा आज साविक विजेता बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।
बायर्नले स्टुटगार्डसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार नेपाली समय अनुसार ८:१५ बजे सुरु हुनेछ ।
शाल्केले वोल्फ्सबर्गसँग खेल्दा होफेनहाइमले स्टुटगार्डसँग खेल्नेछ ।
घरेलु टिमविरुद्ध बायर्न सहज जित निकाल्ने लक्ष्यमा हुनेछ ।
बायर्न सहज जित निकाल्दै शीर्ष स्थानको अग्रता कायम राख्न चाहन्छ ।
बायर्नले ८ खेलमा १९ अंक जोडेको छ ।
यस्तै डर्टमण्डले घरेलु मैदानमा एफसी कोल्नसँग खेल्नेछ ।
कोल्नविरुद्ध डर्टमण्ड सहज जितकै खोजीमा हुनेछ ।
दोस्रो स्थानको डर्टमण्डले ८ खेलमा १८ अंक जोडेको छ ।
यस्तै आरबी लाइपजिगले अर्मेनियासँग खेल्नेछ ।
आइनट्राख्ट फ्रान्कफुर्टले युनियन बर्लिनसँग खेल्दा बोरुसिया मन्छेनग्लाडबाखले साल्केसँग खेल्नेछ ।