एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले आज राति डिपोर्टिभो अलभेससँग प्रतिस्पर्धा गर्दैछ ।
रियलले घरेलु मैदानमा अलभेसको सामना गर्नेछ । रियल अलभेसबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा रियल जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
रियल ९ खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । अलभेसलाई पराजित गर्न सकेमा रियल शीर्ष तीनमा उक्लनेछ ।
यता, अलभेस पनि रियललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
अलभेस १० खेलमा १० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै एट्लेटिको मड्रिडले भ्यालेन्सियासँग खेल्नेछ ।
एट्लेटिको भ्यालेन्सियालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
एट्लेटिको २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस्तै अर्को खेलमा सेभियाले हुएस्कासँग खेल्नेछ ।
अर्को खेलमा इल्चेले काडिजसँग खेल्नेछ ।