एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज साविक विजेता लिभरपुलले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ।
लिभरपुलले ब्राइटनसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।
ब्राइटनविरुद्ध मैदान उत्रदा लिभरपुल सहज जितको खोजीमा हुनेछ ।
लिभरपुल जित निकाल्दै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लन चाहन्छ ।
लिभरपुल ९ खेलमा २० अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
ब्राइटनलाई हराउँन सके लिभरपुल शीर्ष स्थानमा उक्लने छ ।
तर, ब्राइटनविरुद्ध लिभरपुललाई जित निकाल्न सहज भने छैन ।
ब्राइटन पनि लिभरपुललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
ब्राइटन ९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै म्यानचेस्टर सिटीले बर्नलीसँग खेल्नेछ ।
सिटी बर्नलीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
सिटी ८ खेलमा १२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
यस्तै एभर्टनले लिड्स युनाईटेडसँग घरेलु मैदानमा खेल्नेछ ।
अर्को खेलमा वेस्ट ब्रुम र सेफिल्ड युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।