एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभसँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाले किभसँग उसैको मैदानमा खेल्नेछ । बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
किभको मैदानमा बार्सिलोना अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।
समूह 'जी' मा रहेको बार्सिलोना ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
तर, किभविरुद्ध बार्सिलोनाका नियमित कप्तान लियोनल मेस्सीले खेल्ने छैनन् ।
उनलाई टिममा राखिएको छैन । मेस्सीसँगै फ्रान्क डी जोङ पनि टिममा परेका छैनन् ।
मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले उनीहरुलाई आराम दिइएको बताएका छन् ।
किभ भने १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । किभ घरेलु मैदानमा जित निकाल्दै तालिका सुधार गर्न चाहन्छ ।
यसै समूहको अर्को खेलमा इटालियन क्लब युभेन्ट्सले हंगेरीको एफटिसीसँग खेल्नेछ ।
घरेलु मैदानमा युभेन्ट्स जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
युभेन्ट्स ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
एफटिसी १ अंक जोडेर पुछारमा रहेको छ ।