एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्स र साउथह्याम्पटनले बराबरी खेल्दै अंक बाडेका छन् ।
सोमबार राति भएको खेलमा उल्भ्स र साउथह्याम्पटनले १-१ गोलको बराबरी खेलेको हो ।
उल्भ्सको मैदानमा सुरुवाती अग्रता भने पाहुना टोलीले बनाएको थियो ।

खेलको ५८ औं मिनेटमा थियो वाल्कोटले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७५ औं मिनेटमा पेड्रो नेटोले गोल गर्दै उल्भ्सलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।
यस बराबरीसँगै साउथह्याम्पटनले ९ खेलमा १७ अंक जोडेको छ ।
साउथह्याम्पटन पाँचौं स्थानमा रहेको छ ।
उल्भ्स १४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
