एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।
सोमबार राति भएको खेलमा बर्नलीले क्रिस्टललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गरे ।
खेलको आठौं मिनेटमा उडले निर्णायक गोल गरेका थिए ।

बर्नलीको यो लिगमा पहिलो जित हो ।
बर्नली ८ खेलमा ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
क्रिस्टल ९ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।