एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिग अन्तर्गत डाइनामो किभविरुद्धको खेल गुमाउने भएका छन् ।
बार्सिलोनाले युक्रेनी क्लबविरुद्ध खेल्ने टिममा मेस्सीलाई समावेश गरेको छैन ।
बार्सिलोनाले घोषणा गरेको २९ सदस्सीय टिममा मेस्सी छैनन् ।
मेस्सीसँगै फ्रान्क डी जोङ पनि टिममा परेका छैनन् ।
मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले उनीहरुलाई आराम दिइएको बताएका छन् ।
यस्तै डिफेन्डर जेरार्ड पिके समेत टिममा छैनन् । उनले एट्लेटिको मड्रिडसँगको खेलमा चोट बोकेका थिए ।
बार्सिलोनाले बुधबार किभसँग उसैको मैदानमा खेल्नेछ ।
समूह 'जी' मा रहेको बार्सिलोना ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
किभ १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
