एजेन्सी । इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह कोरोना मुक्त भएका छन् ।
लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले सलाह कोरोना मुक्त भएको पुष्टि गरेका छन् ।
'मैले सुनेको छु । आज नकारात्मक परिक्षण भएको । मलाई लाग्छ अबदेखि उहाँ सबै परिक्षणमा सामान्य हुनुहुन्छ,' क्लोपले भनेका छन् ।
कोरोना मुक्त भएसँगै सलाहले च्याम्पियन्स लिग अन्तर्गत एट्लान्टाविरुद्धको खेल खेल्ने सम्भावना बढेको छ ।
'च्याम्पियन्स लिगका लागि सोमबार यूईएफको परिक्षण छ । म निश्चित छु उहाँ त्यहाँ हुने छन् । उनले हामीसँग भोलिबाट प्रशिक्षण गर्न सक्ने छन्,' क्लोपले थपे ।
राष्ट्रिय टिमका लागि इजिप्ट पुगेका सलाहलाई गत शुक्रबार कोरोना पुष्टि भएको थियो ।
कोरोना देखिएपछि उनले टोगोविरुद्धको दुई खेल गुमाएका थिए ।
यस्तै उनले प्रिमियर लिगमा लेष्टरसँगको खेल गुमाएका थिए ।
आइतबार राति भएको खेलमा लिभरपुलले लेष्टरलाई ३-० ले हराएको थियो ।