एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा मिलानले नापोलीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
ज्लाटन इब्राहिमोविच चम्किएपछि मिलानले नापोलीको मैदानमा सहज जित निकालेको हो ।
खेलको २० औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

खेलको ५४ औं मिनेटमा इब्राहिमोविचले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २-० को अग्रता दिलाए ।
खेलको ६३ औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई २-१ को स्थितिमा ल्याए ।
६५ औं मिनेटमा बाकायोकोले दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा नापोली १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको इन्जुरी समयमा जेन्स पिटरले गोल गर्दै मिलानलाई ३-१ को जित दिलाए ।
जितसँगै मिलान शीर्ष स्थानमा फर्किएको छ ।
मिलानले ८ खेलमा २० अंक जोडेको छ ।
नापोली १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
