एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे ।
लिभरपुलले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।

एनफिल्डमा जोनी इभान्सको आत्मघाती गोलबाट २१ औं मिनेटमा लिभरपुलले अग्रता बनाएको थियो ।
खेलको ४१ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए ।

जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
लिभरपुलले ९ खेलमा २० अंक जोडेको छ ।
लेष्टर १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
