सोसिडाडलाई ३ अंकको अग्रता
आइतबार, मंसिर ७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल सोसिडाडले साँघुरो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सोसिडाडले काडिजलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
काडिजको मैदानमा सोसिडाडलाई जित दिलाउन एलेक्जेन्डर इसाकले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा इसाकले निर्णायक गोल गरेका हुन् ।
काडिजविरुद्धको जितसँगै सोसिडाडले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।
सोसिडाडले १० खेलमा २३ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको २० अंक जोडेको छ ।
काडिज १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा इबर र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।







-1762856022963.jpg&w=3840&q=75)





