एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।
आइतबार भएको खेलमा इन्टरले टोरिनोलाई ४-२ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर इन्टरले जित निकालेको हो ।
पहिलो हाफको इन्जुरी समयमा सिमोन जाजाले गोल गर्दै टोरिनोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ६२ औं मिनेटमा क्रिस्टियन डानिलले गोल गर्दा टोरिनोलाई २-० को अग्रता दिलाए ।

६४ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ६७ औं रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई २-२ गोलको बराबरीमा ल्याए ।
खेलको ८४ औं मिनेटमा लुकाकुले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई ४-२ को जित दिलाए ।

जितसँगै इन्टरले ८ खेलमा १५ अंक जोडेको छ । इन्टर पाँचौं स्थानमा रहेका छन् ।
टोरिनो ५ अंक जोडेर १८ औं स्थानमा रहेका छन् ।