एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज शीर्ष स्थानको एसी मिलानले आज नापोलीसँग खेल्नेछ ।
मिलानले नापोलीसँग उसैको मैदानमा खेल्नेछ । मिलान र नापोलीबीचको खेल राति १:३० बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मिलान सहज जित निकाल्ने लक्ष्यमा हुनेछ । मिलान जित निकाल्दै शीर्ष स्थानको अग्रता समेत यथावत राख्न चाहन्छ ।
शीर्ष स्थानको मिलानले ७ खेलमा १७ अंक जोडेको छ ।
नापोली ७ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
मिलानलाई हराएर नापोली शीर्ष स्थानमा उक्लन चाहन्छ ।
सिरी 'ए' अन्तर्गत नै इन्टर मिलानले टोरिनोसँग खेल्नेछ ।
यस्तै रोमाले पर्मासँग खेल्दा फियोरेन्टिनाले बेनेभेन्टोसँग खेल्नेछ ।
त्यस्तै हेलास भेरोनाले सासुओलो, साम्पडोरियाले बोलोग्ना र उडिनेजेले जिनोआसँग खेल्नेछ ।