एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके ६ महिना बढी मैदान बाहिर रहन सक्ने भएका छन् ।
ला लिगा अन्तर्गत शनिबार राति एट्लेटिको मड्रिडविरुद्धको खेलमा चोट बोकेका पिके लामो समय मैदान बाहिर रहने देखिएको हो ।
एट्लेटिकोको मैदानमा पिकेले दोस्रो हाफमा चोट बोकेका थिए । उनले दाहिने घुँडाको गम्भीर चोट बोकेको बताईएको छ ।
एट्लेटिकोका एन्जल कोरेया पिकेको खुट्टामाथि लड्न पुग्दा पिकेले चोट बोकेका हुन् । उनी ६२ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
/cdn.vox-cdn.com/uploads/chorus_image/image/67840537/1286916549.0.jpg)
उक्त खेलमा बार्सिलोना एट्लेटिकोसँग १-० ले पराजित भएको थियो ।
स्पेनिस डिफेन्डर पिकेले यस सिजन बार्सिलोनाका लागि १० खेलमा खेलेका छन् ।
जसमा ८ ला लिगा र २ च्याम्पियन्स लिग रहेको छ ।
