एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले कठिन जित निकालेको छ ।
शनिबार राति युनाईटेडले वेस्ट ब्रुममाथि १–० को कठिन जित निकालेको हो ।
युनाईटेडको जितमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गरे । उनले ५६ औं मिनेटमा पेनाल्टीमा गरेको गोलमा युनाईटेडले तीन अंक बटुलेको हो ।
युनाईटेडले घरेलु मैदानमा यस सिजन पहिलो जित दर्ता गरेको हो ।

वेस्ट ब्रुम कप्तान जेक लिवरमोर र डिफेन्डर किरन गिब्सबिनै मैदान उत्रिएको थियो । कोरोना परिक्षणमा पोजेटिभ आएपछि दुवै युनाईटेडविरुद्धको खेलमा अनुपस्थित थिए । वेस्ट ब्रुम सिजनको पहिलो जितको प्रतिक्षामा रहेको छ ।
जित सहित युनाईटेडले सिजनमा पहिलो पटक शीर्ष १० भित्र उक्लिन सफल भएको छ । पेप ग्वार्डीओलाको सिटी ११ औं स्थानमा रहदाँ युनाईटेडलाई सन्तुष्टि मिल्न सक्छ ।
युनाईटेडले ८ खेलबाट १३ अंक बटुलेको छ । वेस्ट ब्रुम सिजनको पहिलो जित निकाल्न संघर्षरत छ ।