एजेन्सी । कोरोना भाईरसबाट संक्रमित लिभरपुलका फरवार्ड मोहमद सलाहको दोस्रो रिपोर्ट समेत पोजेटिभ आएको छ ।
इजिप्ट फुटबल एसोसियसनले बुधबार सलाहको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको जनाएको छ ।
लिभरपुलका फरवार्ड सलाहलाई शुक्रबार कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
दोस्रो पटकको रिपोर्ट पोजेटिभ आएपछि २८ वर्षीय सलाहले प्रिमियर लिग अन्तर्गत लेष्टर सिटीसँगको खेल गुमाउने भएका छन् ।
लिभरपुलले आइतबार लेष्टरसँग खेल्दैछ ।
यस्तै आगामी हप्ता हुने च्याम्पियन्स लिग अन्तर्गत एटलान्टाविरुद्धको खेल समेत गुमाउने छन् ।
त्यस्तै एसोसियसनले मिडफिल्डर मोहमद एल्नेनीको दोस्रो रिपोर्ट समेत पोजेटिभ आएको जनाएको छ ।