एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज राति इटालीले बोस्निया एण्ड हर्जगोबिनासँग प्रतिस्पर्धा गर्दैछ ।
इटालीले उसैको मैदानमा बोस्नियासँग खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
बोस्नियाविरुद्ध मैदान उत्रदा इटाली जित निकाल्ने लक्ष्यमा हुनेछ ।
लिग 'ए' को समूह 'ए' मा रहेको इटालीलाई सेमिफाइनल पुग्न जित बाहेक अन्य विकल्प छैन ।
इटाली ५ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
बोस्निया २ अंक जोडेर पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले पोल्याण्डसँग खेल्नेछ ।
८ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो र ७ अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा रहेको छ ।
दुबै टिमको अर्को चरण पुग्ने सम्भावना रहेको छ ।