एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज राति बेल्जियमले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ ।
बेल्जियमले घरेलु मैदानमा डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा बेल्जियम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
लिग 'ए' समूह 'बी' को बेल्जियमले ५ खेलमा १२ अंक जोडेको छ ।
समूहको शीर्ष स्थानमा रहेको बेल्जियमलाई बराबरीले समेत अर्को चरणको यात्रा तय गराउनेछ ।
यता, सेमिफाइनलमा पुग्न डेनमार्कलाई जितको विकल्प छैन । त्यसैले डेनमार्क बेल्जियमलाई हराउने योजनामा हुनेछ ।
डेनमार्क ५ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस समूहको अर्को खेलमा इंग्ल्यान्डले आइसल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
७ अंक जोडेको इंग्ल्यान्ड तेस्रो र अंक विहीन आइसल्याण्ड पुछारमा रहेको छ ।