एजेन्सी । फिफा विश्वकप छनोटमा ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
उरुग्वेको मैदानमा ब्राजिललाई जित दिलाउन अर्थर र रिचार्लीसनले एक एक गोल गरे ।
खेलको ३४ औं मिनेटमा अर्थरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए ।

१० खेलाडीमा समेटिएको उरुग्वे दोस्रो हाफमा खेलमा फर्कन सकेन ।
तर, ७१ औं मिनेटमा एडिन्सन काभानीले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा समेटियो ।
यस्तै उरुग्वे फरवार्ड लुइस सुआरेज बिना मैदान उत्रिएको थियो । कोरोना संक्रमण भएपछि उनले ब्राजिलविरुद्धको खेल गुमाएका हुन् ।
ब्राजिलले समेत थप गोल गर्न सकेन र खेल २-० ले आफ्नो बनायो ।

यो जितसँगै ब्राजिलले अपराजित यात्रा कायम राखेको छ ।
छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले ४ खेलमा १२ अंक जोडेको छ ।
उरुग्वे ४ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
अर्को खेलमा इक्वेडरले कोलम्बियालाई ६-१ ले पराजित गरेको छ ।
चिली भेनेजुएलासँग २-१ ले पराजित हुँदा पाराग्वे र बोलिभियाले २-२ गोलको बराबरी खेलेको छ ।
