एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले जर्मनीमाथि सानदार जित निकालेको छ ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा स्पेनले जर्मनीलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । अल्भारो मोराटा,रोड्री र मिकेल ओयाराज्बालले एक एक गोल गरे ।
खेलको १७ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
३३ औं मिनेटमा फेरानले गोल गर्दा स्पेनको अग्रता २-० को बन्यो ।
खेलको ३८ औं मिनेटमा रोड्रीले गोल गरेपछि पहिलो हाफमा स्पेन ३-० ले अघि रह्यो ।
खेलको ५५ औं मिनेटमा फेरानले ब्यक्तिगर दोस्रो गोल गर्दै स्पेनको अग्रता ४-० को बनाए ।
७१ औं मिनेटमा फेरानले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै स्पेनलाई ५-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा मिकेलले गोल गर्दा स्पेन ६-० ले बिजयी भयो ।

जितसँगै स्पेन लिग 'ए' को समूह डीबाट सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्पेनले ६ खेलमा ११ अंक जोड्यो । र, समूहको शीर्ष स्थानमा रहदै अघिल्लो चरणमा स्थान बनाएको हो ।
जर्मनी भने सेमिफाइनल पुग्नबाट बन्चित भएको छ । जर्मनीले ९ अंक जोड्यो ।
यस समूहकै अर्को खेल भने स्थगित भएको छ । युक्रेनका तीन खेलाडीमा कोरोना देखिएपछि युक्रेन र स्विट्जरल्यान्डबीचको खेल स्थगित भएको हो ।
