फिफा क्लब विश्वकप फेब्रुवरीमा हुने
मंगलबार, ०२ मंसिर २०७७खेलपाटी संवाददाता

एजेन्सी । फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आगामी वर्षको फेब्रुवरीमा हुने भएको छ ।
फिफाले मंगलबार क्लब विश्वकप २०२१ को फेब्रुवरीमा हुने जनाएको छ ।
कतारमा आयोजना हुने क्लब विश्वकप फेब्रुवरी १ देखि ११ सम्म हुनेछ ।
यस अघि फिफा विश्वकप डिसेम्बरमा हुँदै आइरहेको थियो ।
तर, कोरोना भाईरसको कारण यस वर्षको क्लब विश्वकप पछि सरेको हो ।
गत वर्ष इंग्लिस क्लब लिभरपुलले उपाधि जितेको थियो ।
कतारले २०२२ को फिफा विश्वकप फुटबल समेत आयोजना गर्दैछ ।







-1773994957656.jpg&w=3840&q=75)



-1773912955664.png&w=3840&q=75)

