मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

बंगलादेशविरुद्ध डेब्यु गर्ने ६ खेलाडी कस्ता ?

मंगलबार, मंसिर २, २०७७खेलपाटी संवाददाता
बंगलादेशविरुद्ध डेब्यु गर्ने ६ खेलाडी कस्ता ?
Classic Tech Internet Ad

काठमाडौं । नेपाल र बंगलादेशबीचको ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ घरेलु टिमले जितेको छ ।

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालसँग गोलरहित बराबरी खेल्दै बंगलादेशले सिरिज आफ्नो बनाएको हो ।

मंगलबार भएको पहिलो खेलमा २-० को जित निकालेको बंगलादेशले दोस्रो खेलमा बराबरी खेलेपनि सिरिज आफ्नो बनाएको हो ।

बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलको सिरिज गुमाएपनि नेपालका ६ युवा खेलाडीले डेब्युको अवसर पाए ।

पहिलो खेलमा ३ खेलाडीलाई डेब्यु अवसर दिएका प्रशिक्षक बाल गोपाल महर्जनले दोस्रो खेलमा समेत ३ खेलाडीलाई डेब्युको अवसर थिए ।

प्रशिक्षक महर्जनले दोस्रो मैत्रीपूर्णमा छिरिङ गुरुङलाई सुरुवाती-११ मै अवसर दिएका थिए । यस्तै पुजन उपरकोटी र सेसेहाङ आङदेम्बेले दोस्रो हाफमा डेब्युको अवसर पाए ।

राष्ट्रिय टिममा डेब्यु गर्ने ६ युवा खेलाडीबारे तल चर्चा गरिएको छ ।

विकाश खवास -

नेपाल आर्मी क्लबका डिफेन्डर समेत रहेका खवास पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । यस अघि क्लोज क्याम्पको अन्तिम चरणमा पुगेर बाहिरिँदै आएका उनी पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भए र पहिलो अवसरमै डेब्यु गर्न सफल रहे ।

प्रशिक्षक बाल गोपाल महर्जनले विकाशलाई विश्वास गर्दै प्लेईङ सेटमै खेलाएका थिए । मोरङ निवासी खवासले पुरा समय समेत खेले ।

आर्मीका भरपर्दा डिफेन्डर खवास एन्फा एकेडेमीका उत्पादन समेत हुन् । उनले नेपाल उमेर समूहबाट दुई उपाधि समेत हात पारेका छन् । भुटानमा आयोजना भएको यू–१८ साफ च्याम्पियनसिप र नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली प्रतियागिता सागमा नेपालले स्वर्ण जित्दा खवास टिमका महत्वपूर्ण खेलाडी थिए ।

यस अघि विना रेलिगेशनको ए डिभिजन आयोजना हुँदा आर्मी क्लबको प्रतिनिधित्व गर्दै खवासले युवा उदीयमान खेलाडीको उपाधि हात पारेका थिए ।


एरिक विष्ट -

पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल एरिक पहिलो अवसरमै सिनियर टिमबाट डेब्यु गर्न सफल भएका हुन् । सुरुवाती समय बेन्चमा रहेका मिडफिल्डर एरिकलाई प्रशिक्षक महर्जनले पहिलो हाफमै मैदान प्रवेश गराएका थिए ।

मिडफिल्डर विक्रम लामाले चोट बोकेपछि महर्जनले एरिकलाई पहिलो हाफको ४२ औं मिनेटमा मैदान प्रवेश गराएका थिए ।

हालै सम्पन्न ए डिभिजन लिगमा एरिकले न्युरोड टिम एनआरटीबाट खेलेका थिए । बासबारी युवा क्लबका उत्पादन एरिकले घरेलु यू–१८ प्रतियोगितामा आर्मीलाई दुई पटक उपाधि दिलाएका थिए ।

यस्तै उनले नेपाललाई भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिपको उपाधि दिलाएका थिए ।

यस अघि कोरोना संक्रमित एरिक ठिक हुँदै टिममा फर्किएका हुन् ।

दर्शन गुरुङ -

दर्शन पछिल्लो एन्फा ब्याजबाट राष्ट्रिय टिममा स्थान बनाउने एक्ला खेलाडी हुन् । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका मिडफिल्डर तथा विंगर दर्शक पहिलो अवसरमै डेब्यु गर्न सफल भए ।

गत सिजन न्यूरोड टिम एनआरटीबाट उत्कृष्ट प्रदर्शन गर्दै दर्शन पहिलो पटक राष्ट्रिय टिमको क्लोज क्याम्पको लागि छनोट भएका थिए । गत लिगमा दर्शन युवा उदयीमान खेलाडी समेत घोषित भएका थिए ।

इलाम नगरी दर्शनले उमेर समूहमा भने नेपाललाई उपाधि दिलाउन सफल भएनन् । आयोजक नेपाल समूह चरणबाटै बाहिरिँदा लगातार तेस्रो पटक यू–१८ साफ च्याम्पियनसिपका उपाधि हात पार्नबाट बञ्चित भएको थियो ।

प्रशिक्षक महर्जनले दर्शनलाई दोस्रो हाफमा मैदान प्रवेश गराएका थिए । अर्का विंगर रवि पासवानलाई दर्शनले खेलको ६९ मिनेटमा स्थानानन्तरण गरेका थिए ।

छिरिङ गुरुङ-

छिरिङ गुरुङले दोस्रो मैत्रीपूर्णमा प्लेईङ सेटमै रहेर डेब्युको अवसर पाए ।

च्यासल युवा क्लबका राईट ब्याक छिरिङले बंगलादेश भ्रमणका लागि पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका थिए ।

डिफेन्डर छिरिङले डेब्यु खेलमा पुरा समय मैदानमा बिताए ।

इलामका छिरिङले उमेर समूहको प्रतियोगितामा भने नेपालबाट खेलिसकेका थिए ।

पुजन उपरकोटी -

झापा घर भएका पुजनले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका हुन् । उनी पहिलो अवसरमै राष्ट्रिय टिमबाट डेब्यु गर्न सफल पनि भए ।

प्रशिक्षक महर्जनले पुजनलाई दोस्रो हाफमा मैदान प्रवेश गराएका थिए । अर्का मिडफिल्डर तेज तामाङको स्थानमा पुजन ४६ औं मिनेटमा मैदान छिरेका थिए ।

गत लिगमा पुजनले मनाङ मर्स्याङ्दी क्लबबाट लिग खेलेका थिए । झापा-११ ले उत्पादन गरेको पुजनले नेपाल यू-२३ टिमबाट भने खेलिसकेका थिए ।


सेसेहाङ आङदेम्बे -

सेसेहाङ प्रशिक्षक महर्जनले बंगलादेश भ्रमणको दौरान डेब्यु गराएका अन्तिम खेलाडी हुन् ।

त्रिभुवन आर्मी क्लबका मिडफिल्डर समेत रहेका सेसेहाङले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका थिए । उनले पहिलो अवसरमै राष्ट्रिय टिमबाट डेब्यु गरे ।

प्रशिक्षक महर्जनले सेसेहाङलाई दोस्रो हाफमा मैदान प्रवेश गराएका थिए । विंगर तथा मिडफिल्डर दर्शन गुरुङको स्थानमा सेसेहाङ ७२ औं मिनेटमा मैदान छिरेका थिए ।

आर्मी गत सिजनको लिगमा उपविजेता बन्दा सेसेहाङको भूमिका महत्वपूर्ण रहेको थियो ।

सेसेहाङ नेपालले यू-१८ साफ च्याम्पियनसिप र १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको उपाधि हात पार्दा टोलीका महत्वपूर्ण खेलाडी थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

Bajaj Pulsar Motorcycle Ad
आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति