काठमाडौं । मिडफिल्डर सेसेहाङ आङ्देम्बेले राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।
ढाकामा अहिले जारी बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै सेसेहाङले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।
खेलको ७३ औं मिनेटमा दर्शन गुरुङको स्थानमा मैदान प्रवेश गर्दै सेसेहाङले राष्ट्रिय टिममा डेब्यु गरे ।
त्रिभुवन आर्मी क्लबका सेसेहाङ पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । उनले राष्ट्रिय टिममा परेको पहिलो अवसरमै डेब्यु गरेका हुन् ।
उमेर समूहको टिमबाट भने उनले नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।
मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज अन्तर्गत जारी खेलमा नेपाल र बंगलादेश गोलरहित बराबरीको अवस्थामा रहेको छ ।