काठमाडौं । पुजन उपरकोटीले राष्ट्रिय फुटबल टिमबाट डेब्यु गरेका छन् ।
ढाकामा अहिले जारी बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै पुजनले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।
पुजन तेज तामाङको स्थानमा मैदान प्रवेश गरेका हुन् ।
गत लिगमा मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका पुजन पहिलो पटक राष्ट्रिय टिममा परेका थिए ।
झापा-११ का पूर्व खेलाडी रहेका पुजनले राष्ट्रिय टिममा परेको पहिलो अवसरमै डेब्यु गरेका हुन् ।
मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज अन्तर्गत जारी खेलमा नेपाल र बंगलादेश गोलरहित बराबरीको अवस्थामा रहेको छ ।