एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज फ्रान्सले स्विडेनसँग प्रतिस्पर्धा गर्दैछ ।
फ्रान्सले घरेलु मैदानमा स्विडेनको सामना गर्नेछ । फ्रान्स र स्विडेनबीचको खेल्न राति १:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा फ्रान्स स्विडेनलाई हराएर समूह चरणको सुखद अन्त्य गर्न चाहन्छ ।
लिग 'ए' समूह सीको फ्रान्सले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
यस अघिको खेलमा पोर्चुगललाई हराएर फ्रान्सले अर्को चरणको यात्रा पक्का गरेको हो ।
यस समूहको शीर्ष स्थानमा रहेको फ्रान्सको ५ खेलमा १३ अंक रहेको छ ।
स्विडेन ३ अंक जोडेर पुछारमा रहेको छ । तर, फ्रान्सलाई हराएर स्विडेन प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।
यस्तै स्विडेन जित निकाल्दै रेलिगेसनबाट समेत बच्न चाहन्छ । समूह पुछारमा रहेको टिम रेलिगेसनमा पर्ने छ ।
यसै समूहको अर्को खेलमा पोर्चुगलले क्रोएसियासँग खेल्नेछ ।
पोर्चुगलले क्रोएसियासँग उसैको मैदानमा खेल्नेछ ।
पोर्चुगल ५ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
क्रोएसिया ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।