एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज दुई ठुला प्रतिद्वन्दी स्पेन र जर्मनीबीच प्रतिस्पर्धा गर्दै छन् ।
लिग 'ए' को समूह 'डी' मा रहेको स्पेनले घरेलु मैदानमा जर्मनीसँग खेल्नेछ । स्पेन र जर्मनीबीचको नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा स्पेन जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छ । तर, बलियो जर्मनीविरुद्ध जित निकाल्न स्पेनलाई सहज छैन ।
जर्मनी पनि स्पेनलाई हराएर नेसन्स लिगको सेमिफाइनलमा पुग्न चाहन्छ ।
यस अघिको पहिलो भेटमा जर्मनी र स्पेनले १-१ गोलको बराबरी खेलेको थियो ।
यस समूहमा जर्मनी ५ खेलमा ९ अंक सहित शीर्ष स्थानमा रहेको छ ।
स्पेन ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा युक्रेनले स्विट्जरल्यान्डसँग खेल्नेछ ।
युक्रेन ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । ३ अंक जोडेर स्विट्जरल्यान्ड पुछारमा रहेको छ ।