एजेन्सी । इंग्लिस क्लब आर्सनलका मिडफिल्डर मोहमद एल्नेनीलाई कोरोना भाईरसको संक्रमण भएको छ ।
राष्ट्रिय टिमका लागि इजिप्ट पुगेका मिडफिल्डर एल्नेनीलाई कोरोना देखिएको हो ।
इजिप्ट फुटबल एसोसियसनले उनलाई कोरोना देखिएको पुष्टि गरेको छ ।
अफ्रिका कप छनोट अन्तर्गत टोगोसँग खेलपछि इजिप्ट फर्किएका उनलाई कोरोना देखिएको हो ।
तर, उनलाई कोरोनाको कुनैपनि लक्षण नदेखिएको जनाएको छ ।
उनी सेल्फ आईसोलेसनमा बसेका छन् ।
यस अघि फरवार्ड मोहमद सलाहलाई कोरोना भाईरसको संक्रमण देखिएको थियो ।