एजेन्सी । इंग्ल्यान्डका मिडफिल्डर जोर्डन हेन्डरसन र स्ट्राइकर रहिम स्ट्रर्लिङले नेसन्स लिग अन्तर्गत आइसल्याण्डविरुद्धको खेल गुमाउने भएका छन् ।
चोटका कारण हेन्डरसन र स्ट्रर्लिङले आइसल्याण्डसँगको खेल गुमाउने भएका हुन् ।
इंग्ल्यान्डले आइसल्याण्डसँग खेल्ने टिममा हेन्डरसन र स्ट्रर्लिङलाई राखेको छैन ।
इंग्ल्यान्डले बुधबार वेम्बलीमा आइसल्याण्डसँग खेल्नेछ ।
लिग 'ए' समूह २ को इंग्ल्यान्डको अर्को चरण पुग्ने सम्भावना समाप्त भईसकेको छ ।
इंग्ल्यान्ड ५ खेलमा ७ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।