• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'नदेखिने भ्रष्टाचार गर्दै जिल्ला क्रिकेट संघ'
खेलपाटी संवाददाता
शनिबार, कात्तिक २९, २०७७ खेलपाटी संवाददाता
'नदेखिने भ्रष्टाचार गर्दै जिल्ला क्रिकेट संघ'

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बारम्बार आफ्नो लक्ष्य ग्रासरुट विकास र लामो फर्म्याटको घरेलु संरचना बताउँदै आएको छ ।

ग्रासरुट विकास भन्दै केही महिनाअघि जिल्ला क्रिकेट संघलाई ५० हजार र प्रदेश क्रिकेट संघलाई एक लाख रुपैया निकासा गरेको थियो । जुन रकमबाट खेलाडीको वृद्धि विकास हुने आशा क्यानको रहेको थियो ।

तर, ग्रासरुट विकास गर्न भनेर पठाएको रकम हुँदा हुँदै जिल्ला क्रिकेट संघले खेलाडी दर्ता भन्दै मनोमानी रुपमा मोटो रकम उठाउन थालेका छन् ।

आगामी महिना राष्ट्रिय प्रतियोगिताको रुपमा प्रधानमन्त्री कप क्रिकेट आयोजना गराउने तयारी गरेको छ । जसका लागि हरेक जिल्ला क्रिकेट संघले खेलाडी छनोट गर्न सुरु गरेका छन् ।

पर्सा जिल्ला क्रिकेट संघले शुक्रबार एक सूचना जारी गर्दै आफ्नो जिल्लामा रहेका खेलाडीलाई राष्ट्रिय प्रतियोगिताका लागि दर्ताका लागि आह्वान गरेको छ । सूचनामा खेलाडी छनोट गर्दै प्रशिक्षण गराउने जिल्लाको तयारी रहेको बताईएको छ ।

खेलाडीले मंसिर १० गते भित्र फारम संघको कार्यालयमा बुझाउन सकिने संघले जनाएको छ । जसको लागि फारम शुल्क एक हजार तोकिएको छ ।

खेलाडी दर्तामा संघले दर्ता शुल्क उठाउन थालेपछि पर्सा जिल्ला संघ आलोचित बनेको छ । सामान्य खेलाडीबाट यसरी चर्को रकम छनोटको नाममा उठाउन नहुने क्रिकेट जानकारहरुको भनाई छ ।

पूर्व कप्तान एलबी क्षेत्रीले यसरी खेलाडीमाथि चर्को शुल्क लगाउनु गलत रहेको भन्दै क्रिकेट अभियन्ताका रुपमा आफुहरुको ध्यानाकर्षण भएको बताए ।

'जिल्ला क्रिकेट संघले खेलाडी छनोट भन्दै हजार रुपैयाँ उठाउनु गलत हो । खेलाडीलाई क्रिकेटमा लाग्न प्रेरित गर्नु पर्ने ठाउँमा हतोत्साहित गरेको देखियो,' क्षेत्रीले खेलपाटीसँग भने, 'सामान्य परिवारको खेलाडीले यस्तो रकम कसरी तिर्न सक्छ । खेलाडीबाट रकम उठाएर छनोट गराउने होइन नि ।'

प्रायोजक खोजेर खेलाडीलाई हौसला दिनुपर्ने संघको दायित्य र नैतिक जिम्मेवारी रहेको बताउँदै छेत्रीले खेलाडीबाट चर्को शुल्क उठाउनु गलत भएको बताए ।

'हेर्दा सामान्य देखिन्छ तर खेलाडीमा असर ठुलो पर्छ । खेलाडीले आफ्नो क्रिकेट सामाग्रीमा लगानी गर्न नसक्ने अवस्थामा एउटा २ रुपैयाँको फारमलाई हजार तिर्नु मुस्किल नै हुन्छ,' उनले थपे, 'खेलाडी दर्ता भन्दै ठुलो रकम उठाउनु उसको (जिल्ला संघ) फन्ड उठाउने योजना हुन सक्छ । तर, फन्ड उठाउने खेलाडीबाट होइन नि, प्रायोजक खोज्नु पर्यो ।'

यसरी स्थानीय खेलाडीबाट चर्को रकम उठाउनु नदेखिने भ्रष्टाचार भएको क्षेत्रीको भनाई छ ।

'जुनै पनि क्रिकेट संघ होस् सबैको लक्ष्य अन्तराष्ट्रिय खेलाडी उत्पादन हो । यसरी खेलाडी दर्ता भन्दै पैसा उठाउनु गैर जिम्मेवारी र अनैतिक काम हो । खेलाडीबाट संघले कुनै पनि बहानामा पैसा उठाउनु पाउदैन । यो भनेको नदेखिने भ्रष्टाचार हो । स्थानीय तहमा खेलाडीबाट पैसा उठाउनु भनेको खेलाडी उत्पादन भन्दा विनासतर्फको बाटो अपनाउनु हो,' उनले भने ।

क्षेत्रीले यस प्रकारको कार्यमा क्यानले समेत जिल्लालाई सचेत र खबरदारी गराउनु पर्ने बताउँछन् ।

तर, पर्सा जिल्ला क्रिकेट संघले भने खेलाडीकै हितको लागि रकम उठाउन लागेको बताएको छ । दर्ता शुल्कबाट खेलाडीलाई जर्सी उपलब्ध गराउने संघको भनाई छ ।

'दर्ता रकम कुनै फन्डको लागि उठाइएको हैन, खेलाडीकै हितमा खर्च हुन्छ,' पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मोहमद दाउद अन्सारीले खेलपाटीसँग भने, 'त्यो शुल्कमा खेलाडीले क्रिकेट संघको जर्सी पाउने छन् ।'

दर्ता शुल्क कम उठाउने योजना रहेपनि प्रशिक्षक तथा केही सिनियर खेलाडीसँगको सल्लाहमा दर्ता शुल्क र सुविधा तोकिएको समेत अन्सारीले जानकारी दिए ।

'खेलाडीबाट हाम्रो रकम उठाउने लक्ष्य हैन त्यो सबै खेलाडीमा खर्च हुन्छ । सुरुमा शुल्क कम गराउने तयारी थियो तर खेलाडी तथा प्रशिक्षकको सल्लाहमा जर्सी उपलब्ध गराउन आग्रह गरे । जिल्लाको जर्सीमा खेल्दा खेलाडीलाई समेत गौरव महसुस हुन्छ र अनुशासनमा रहन्छन् । त्यसैलाई देखेर जुनियर खेलाडी आकर्षित हुन्छन् भन्ने हाम्रो समेत विश्वास छ,' अध्यक्ष अन्सारीले भने ।

तर, क्षेत्रीले संघका अध्यक्षको भनाई तर्कहिन रहेको बताउँछन् ।

'जिल्ला क्रिकेट संघका अध्यक्षको तर्कमा क्षमता माथि प्रश्न उठाउने ठाउँ रह्यो । जिम्मेवार संघले खेलाडीबाट पैसा उठाएर जर्सी वितरण गर्ने होइन नि । यो त टोलमा १०-१२ जना ठिटा मिलेर आफै पैसा उठाएर प्रतियोगिता खेलेको जस्तो भयो,' क्षेत्रीले भने, 'कुनै पनि सेमिनारमा आयोजक आफैले प्रचारको लागि टी-शिर्ट दिने गर्छ । तर यहाँ जिम्मेवार संघले खेलाडीबाट पैसा उठाएर आफ्नो नाम लेखाउनु बेइमानी हो । यस्तो अनैतिक काममा एक अभियान्ताको रुपमा समयमा खबरदारी गरेको हो । यसमा क्यानले समेत हस्ताक्षेप गर्नु पर्छ ।'

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP