• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बुबाले इन्जिनियर बनाउन चाहन्थे - सन्दीप
खेलपाटी संवाददाता
शनिबार, कात्तिक २९, २०७७ खेलपाटी संवाददाता
बुबाले इन्जिनियर बनाउन चाहन्थे - सन्दीप
तस्बिर - क्यान

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने विश्वमा नेपाली क्रिकेटका ग्लोबल आइकनको रुपमा स्थापित छन् ।

सन्दीपले सानै उमेरमा विश्वका ठुला ठुला टी-ट्वान्टी फ्रेन्चाइज क्रिकेट लिग खेलिसकेका छन् । सन्दीप विदेशी फ्रेन्चाइज खेल्ने पहिलो नेपाली समेत हुन् ।

सन् २०१८ मा भारतको इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्दै सन्दीपले फ्रेन्चाइज क्रिकेटमा पाइला चालेका थिए ।

लगत्तै उनले वेष्ट इण्डिजको सीपीएल, बंगलादेशको बीपीएल, पाकिस्तानको पीएसएल, अष्ट्रेलियाको बीबीएल जस्ता ठुला लिग नियमित खेल्दै आएका छन् ।

अचम्मको कुरा केछ भने सन्दीपले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु समेत नेपालबाट गरेनन् ।

नेपालबाट सन्दीपले टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेल्नु अघि उनले विश्व-११ बाट वेष्ट इण्डिजविरुद्ध टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

सन्दीप बुधबार मात्र आईपीएलमा सहभागिता जनाएर नेपाल फर्किएका छन् । युएईमा भएको १३ औं संस्करणको आईपीएलमा उनको टिम दिल्ली क्यापिटल्स फाइनल पुगेपनि सन्दीपले मैदान उत्रने मौका पाएनन् ।

सन्दीपले कुनै पनि विदेशी फ्रेन्चाइजमा एक खेल नखेली फर्किनु परेको यो पहिलो पटक हो । केही साताको बसाइपछि सन्दीप बिग बास लिगको लागि अष्ट्रेलिया प्रस्थान गर्ने छन् । यद्दपी सन्दीपले खेल्ने बिग बास टिम सार्वजनिक भएको छैन ।

क्रिकेटर बनेर विश्वमा चर्चा कमाईरहेका सन्दीपलाई उनका बुबा भने इन्जिनियर बनाउन चाहन्थे ।

नेपाल फर्किएका सन्दीपले भारतीय कमेन्टेटर आकाश चोपडासँगको एक टल्क शोमा यस्तो खुलासा गरेका हुन् ।

'म पढाइमा निकै राम्रो विद्यार्थी थिए । मेरो बुबाले मलाई इन्जिनियर बनाउन चाहनु हुन्थ्यो,' सन्दीपले वैठ और बोल नामक शोमा भने, 'सबैका बुबाको लक्ष्य आफ्नो छोरालाई डाक्टर वा इन्जिनियर बनाउने हुन्छ ।'

यस्तै सन्दीपले त्यस्तो अवस्थामा आफुले परिवारलाई क्रिकेटर बन्छु भन्नु निकै कठिन भएको बताए ।

'यस्तो अवस्थामा मैले पढाइलाई निरन्तर दिनु वा क्रिकेटमा भविष्य खोज्नु, त्यो समय मेरो लागि निकै कठिन थियो,' सन्दीपले थपे , 'नेपाल क्रिकेटको भविष्य थिएन, तर मेरो सोच जसरी हुन्छ क्रिकेटर बन्नु थियो ।'

सन्दीपले त्यस समय आफ्नो सपना भने राष्ट्रको लागि क्रिकेट खेल्नु मात्र रहेको समेत बताए ।

'मलाई मेरो राष्ट्रको लागि क्रिकेट खेल्नु थियो। हरेक समय त्यही कुरा दिमागमा हुन्थ्यो । हरेक दिन त्यही सोच्थे,' सन्दीप भनेका छन्, 'मलाइ थाहा थिएन नेपालमा क्रिकेट खेलेर कति कमाउन सक्छु । मेरो भविष्य के हुन्थ्यो केही थाहा थिएन तर मलाई नेपालको लागि लामो समय क्रिकेट खेल्नु थियो ।'

तर, नेपाल क्रिकेट संघ क्यानलाई आईसीसीले निलम्बन गरेपछि भने क्रिकेट खेलाडीको भविष्यमाथि सबैले सोच्न बाध्य बनेको समेत सन्दीपले बताए ।

'सन् २०१६ मा मेरो नेपालको लागि घरेलु मैदानमा नामिबियाविरुद्ध डेब्यु खेल थियो । उक्त टुरबाट नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा पर्यो । त्यसपछी खेलाडी र नेपाल क्रिकेटको भविष्यमा अन्योलता छायो । के गर्ने के नगर्ने भयौं,' सन्दीपले थपे, 'केही थिएन, मात्र खेलको भत्तामा सिमित थियौं जुन ५० डलर थियो । त्यो समयमा समर्थकको विश्वास नै सबै भन्दा ठुलो थियो । नेपालका क्रिकेट समर्थक निकै सकारात्मक र पागल छन् । यस बीचमा हामीले धेरै उतारचढाव भोग्नु पर्यो चाहे त्यो पैसामा होस् या सिस्टममा । तर, खेलाडीमा विश्वास र एक अर्कामाथिको भरोसा कायम थियो जसको कारण नेपाल क्रिकेट अहिले यहाँ छ ।'

नेपालले सन् २०१८ मा पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो । जिम्बाबेमा भएको आईसीसी विश्वकप छनोटमा शीर्ष ४ मा रहेर नेपालले ऐतिहासिक एकदिवसीय मान्यता पाएको थियो ।

यस्तै आईसीसीले समेत क्यानको निलम्बन फुकुवा गरिसकेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP